साइनो समाचारदाता
पथरी । नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भोलि (बैशाख २९ गते) पथरी शनिश्चरेमा रक्तादान कार्यक्रम हुदैछ ।
सोमबार लायन्स क्लव अफ पथरी र लायन्स क्लव अफ पथरी योङ हार्ट एवम् लियो क्लवहरुको आयोजना र स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा एकै पटक २ ठाउँमा खुला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । पथरी शनिश्चरे–५, भोटेघुम्ती र पथरी शनिश्चरे–९, शनिश्चरे बजार (विहानको ८ बजेदेखि) रक्तदान हुदैछ । लायन्स क्लव अफ पथरी योङ हार्ट द्वितीय उपाध्यक्ष लायन गणेश बाछानाले ईच्छुक रक्तदाताहरुलाई पायक पर्ने ठाउँमा उपस्थित भई मानवीय सेवाको लागि रगत दान गरिदिन हुन सविनय गरेका छन् ।
















