साइनो समाचारदाता
काठमाडौं । ४ सय ४१ जनाको जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ । संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको हिजो स्वाब परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका लागि २ सय ७५ सांसद सहित अन्यको स्वाव संकलन गरिएको थियो ।
आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ । आज २ सय ५१ जनाको स्वाब लिइँदै गरेको सभामुखका प्रेस संयोजनक श्रीधर पौडेलले बताएका छन् । जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।
















