बालिकालाई गर्भवती बनाउने एक पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बालिकालाई गर्भवती बनाउने एक पक्राउ

साइनो समचारदाता

पथरी । बलात्कार गरेर १६ वर्षीया बालिकालाई गर्भवती बनाएको अभियोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका– ८ का ४८ वर्षीय राजन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बूले दलित परिवारकी बालिकालाई छ महिनादेखि पटक–पटक बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले स्वास्थ्य परीक्षणबाट बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको पूर्वेली न्यूजलाई बताए । उनकाअनुसार स्वास्थ्य परीक्षणका लागि बालिकालाई बिहीबार कोसी अस्पताल विराटनगर ल्याइएको थियो । लिम्बूले विभिन्न डर, धम्की देखाएर बलात्कार गरेका कारण आफू गर्भवती हुँदा पनि घटना बाहिर ल्याउन बालिका डराएको डीएसपी गिरीको भनाइ छ । उनकाअनुसार लामो समयदेखि महिनावारी रोकिएर पेट बढ्दै जानुका साथै खान समेत मन नगर्ने गरेपछि अभिभावकले सोधपुछ गर्दा बलात्कारबाट पीडित बनेकी बालिका गर्भवती समेत रहेको खुलेको हो । बालिकाका अभिभावकले जाहेरी दिएको थाहा पाएर भाग्दै गरेको अवस्थामा लिम्बूलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध जवरजस्ती करणी मुद्धा चलाउन अनुसन्धान सुरु गरिने प्रहरीको भनाइ छ । डीएसपी गिरीले बलात्कार पीडित गर्भवती बालिकालाई भने संरक्षणका लागि ओरेक नेपालको जिम्मा लगाइएको बताए ।

सम्बन्धित खवर