साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे–१ मा रहेको अन्नपुर्ण बोडिङ फेरि संचालनमा आउने भएको छ । अन्नपुर्ण माध्यमिक विद्यालय अव पथरीशनिश्चरेका युवा ब्यावसायी भुवन सिंह लिम्बुले संचालन गर्ने भएका हुन । अन्नपुर्ण बोडिङले आन्तरीक समस्याका कारण देखाउदै केहि दिन अगाडी ७७ सालबाट संस्था बन्द गर्ने निर्णय गरेको थियो । संस्थाको २९ बर्षे इतिहास र धेरै विध्यार्थीको भविष्य जोडिएकाले संस्थालाई निरन्तर अगाडी बढाउन लिम्बुले संस्था जिम्मा लिएका हुन ।

संस्थामा ४/५ सय विध्यार्थी रहेका र धेरै विध्यार्थी, अभिभावक र शुभ चिन्तकहरु सस्था बन्द हुने भने पछि चिन्तित थिए । पुरानै भवन र पुरानै शिक्षक, कर्मचारी तथा अभिभावकहरुका साथमा संस्था अगाडी बढ्ने संचालक भुवन सिंह लिम्बुले बताए ।
नयाँ व्यवस्थापनले विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई बिचलित नहुन अनुरोध गर्दै स्वस्थ्य वातावरणमा कक्षा संचालन गर्न नयाँ संचालक तयार रहेको विद्यालयका नयाँ संचालक भुवनसिंह लिम्बुको भनाई छ ।
लकडाउन खुले संगै बोडिङ संचालनमा आउने भएकाले बिध्याथीहरु तयारीका साथ बस्न लिम्बुले अनुरोध गर्नुभएको छ । बिध्याथी र अभिभावकले सस्थाको विषयमा केहि जानकारी लिनु परेमा सस्था खुल्ला रहेकोले सम्पर्क गर्न सकिने सस्थाले जानकारी दिएको छ ।

















