लेटाङ्ग
ऐतिहासिक महत्व वोकेको मोरङ्ग लेटाङ्गको राजारानी क्षेत्र आवश्यक प्रचार प्रसारको कमीका कारण ओझेलामा पर्दै आएको छ । यस क्षेत्रमा रहेका पोखरीको विकासका लागी अहिले सम्म कुनै ठोस कार्य वन्न सकेको छैन् ।
वाइसे चौविसे राज्यकालमा तत्कालिन राजारानी र राजकुमारी नुहाउने पोखरीका रुपमा रहेको राजारानी क्षेत्रका पोखरीको विकासका लागी ठुला योजना ल्याइएका छैनन् ।
प्रदेश सरकारले शान्ति पार्क निर्माणका लागी गुरुयोजना निर्माण गरेपनि कार्य भने सुरु भएको छैन् । राजारानी पोखरी पुर्नसंरचनाका लागी पटक पटक पहल भएपनि ठुलो योजना नआएको स्थानिय राजारानी पोखरी संरक्षण समितीका अध्यक्ष ज्ञान वहादुर मगर वताउछन् ।
राजारानी पोखरी र राजारानी मन्दिर दर्शन गर्ने र भाकल गर्नेको संख्या ठुलो रहेको मन्दिरका पुजारी लोक वहादुर मगर वताउछन् । ‘लकडाउनका कारण मन्दिरमा दर्शन गर्नेको संख्या घटेपनि अन्य समयमा मन्दिर आउनेको संख्यामा कमी छैन्’ मगरले भने ‘भौगोलिक विकटताका कारण पनि भने जति दर्शन गर्न सकेका छैनन् । उचित प्रचारप्रसार भए अझ भक्तजन वडथे होला’ ।
तत्कालिन जिल्ला विकास समितीले राजारानीको विकासका लागी ३ लाख रुपयाँ र नेपाली सेनाले केहि रकम लगानी गरे पनि अहिले सम्म अन्य भौतिक निर्माणमा कुनै पक्ष वाट सहयोग प्राप्त भएको छैन् ।
वडा अध्यक्ष विष्णुवहादुर मगर पनि राजारानीको विकासका लागी नगर र प्रदेश सरकार संग पहल गरिरहेको वताउछन् । सडककै समस्याका कारण पनि राजारानीको उचित प्रचारप्रसार हुन नसकेको वडा अध्यक्ष मगर वताउछन् ।
राजारानीमा सुनाखरीका ४२ वटा प्रजाती रहेको छन् भने यहाका पोखरीमा केहि वर्षदेखी डुङ्गा को सुविधा समेत सुरु गरिएको छ । राजारानी लेटाङ्ग वजार देखी ४ किलोमिटर उत्तर लागेपछि पुग्न सकिन्छ । हिउद याममा पिकनिक खानेको भिड लाग्ने गरेपनि पछिल्ला वर्षमा सो पनि घटदो क्रममा रहेको स्थानियवासीहरु वताउछन् ।
















