साइनो समाचारदाता
काठमाडौं । अब लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसल खुल्ला हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामाग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो।
थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो । जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति सरकारले दिएको छ ।
















