साइनो समाचारदाता
काठमाडौं । पीसीआरबाट गरिएको परीक्षणले ९९ जनामा कोरोना(कोभिड १९) संक्रमण देखाएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले सो संख्यामा संक्रमण देखाएको जनाएको हो ।
हालसम्ममा पीसीआरबाट १४ हजार ९६ जनाको परीक्षण गरिएको मध्ये १३ हजार ९ सय ९७ जनामा संक्रमण नदेखिएको मन्त्रालयको वेवसाइटमा उल्लेख छ । आरडीटीबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण गरिएको, १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेको, १ सय ३६ जना आइसोलेसनमा रहेको र २२ जना निको भएका छन् । विश्वभरीमा ५ लाख ५७ हजार २ सय ३५ जनामा संक्रमित देखिएको र २ लाख ४५ हजार १ सय ५० जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















