पथरी
पथरीशनिश्चरे नगरपालिकाको ७ नम्वर वडा कार्यालय निर्माणमा गुणस्तरिय कार्य नगरेको भन्दै नगर उपप्रमुख सहितको टोलीले निर्माणकार्यमा गुणस्तरिय कार्य गर्न निर्देशन दिएको छ । मंगलवार वडा कार्यालय भवन निर्माण स्थल पुगेको उपमेयर,इन्जिनियर र वडा अध्यक्ष सहितको टोलीले वडा भवनमा लापारवाहि नगर्न निर्देशन दिइएको हो ।
भवनको चरको काम डिजाइन अनुसार नभएको पाइएपछि त्यसलाई भत्काएर डिजाइन अनुरुप गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको हो । समिति संयोजक वास्तोलाले जनाउनु भयो । भवन निर्माणको जिम्मा लिएको पर्शुराम निर्माण सेवाले भवन निर्माणमा लापरवाहि गरेको तथ्य भेटिएको उपप्रमुख विष्टले जानकारी दिइन् । कमजोरीलाई तुरुन्त सच्याएर भवन निर्माण गर्न निर्देशन दिइएको हो । ६८ लाखको स्टिमेट रहेको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिइएको हो ।
















