पथरी
वैदेशिक रोजगारीका सिलसिलामा युएइमा रहेका पथरीशनिश्चरेका एक युवाको मृत्यु भएको छ ।
मोरङ्गको पथरीशनिश्चरे ३ का कुल प्रसाद अधिकारीको मंगलवार मृत्यु भएको हो । लामो समय देखि वैदेशिक रोजगारीका क्रममा रहेको उनको मृत्यु के कारण भएको सो भने खुलेको छैन् ।

युएइको शारजाहमा रहेका अधिकारी केहि दिन अघि मात्र विरामी भएको र मंगलवार नै मृत्युको खवर आएको परिवारले जनाएको छ । उनकोे शव शारजाह अस्पतालमा राखिएको छ ।
















