
साइनोसमाचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिकाको राहत कोषमा सहयोग संकलन हुने क्रम निरन्तर चलिरहेको छ । यसैबिच स्वास्थ्य व्यवसायी संघ पथरीशनिश्चरेले पनि नगरपालिकाको सो कोषमा सहयोग हस्तान्तरण गरेको छ ।
संघ अध्यक्ष महेन्द्र दुलाल सहितको पदाधिकारीहरुले नगरपालिकामा पुगेर नगद ६१ हजार रकमको चेक हस्तान्तरण गरेका छन् । संघका पदाधिकारीहरुले नगरप्रमुख दिलिपकुमार राईलाई नगदसँगै ८ सय थान मास्क पनि हस्तान्तरण गरिएको संघका सचिव इश्वरी सापकोटाले बताए ।
















