साइनो समाचारदाता
काठमाडौं । कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अनलाइन ट्युटोरियल उपलब्ध गराउन थालेका छ । कम्पनीले डियरवाक लर्निङ सेन्टरको सहकार्यमा नेट टीभीमार्फत उक्त सेवा उपलब्ध गराउन थालेको हो । वर्ल्डलिंकका नेट टीभी प्रयोगकर्ताले टीभीबाटै कक्षा ५ देखि १० सम्मका विद्यार्थीले आवश्यक भिडियो अध्ययन सामग्री निःशूल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।
यो सेवाका लागि प्रयोगकर्ताले टीभी खोल्दा स्क्रिनमा देखिने ‘टीभी शो’ मा क्लिक गर्नुपर्नेछ । टीभी शोमा क्लिक गरेसँगै त्यहाँ ‘एजुकेशन’ भन्ने सेक्सनमा क्लिक गरी ‘डियरवाक लर्निङ सेन्टर’ छनोट गर्नुपर्ने हुन्छ । त्यसभित्र तपाईंले कति कक्षाको भिडियो कन्टेन्ट खोज्नु भएको हो त्यस अनुसार सम्बन्धित कक्षा छनोट गर्न सक्नुहुनेछ । कक्षा छनोट गरी कुन विषय अध्ययन गर्ने भन्ने कुरा खुलाएर तपाईंले भिडियो हेर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नुहुनेछ ।
















