साइनो समाचारदाता
चितवन । गएराति पहिरो जादा आज विहानदेखि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ।
तस्वीरः चित्र बहादुर गुरुङ
इच्छाकामना गाउँपालिका ६ जलबिरेमा गएको पहिरोका कारण लोकमार्ग दुईतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन। निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताए।