साइनो समाचारदाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरे लगत्तै उनले अधिबेशन आहन गरेकी हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

















