महामारीविरूद्धको लडाइँमा सँस्कृतिलाई जोड्दै युबाहरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

महामारीविरूद्धको लडाइँमा सँस्कृतिलाई जोड्दै युबाहरु

साइनो समाचारदाता

आसफोर्ड(बेलायत) । कोभिड–१९ कोरोना महामारीलाई नियन्त्रण गर्न रातदिन नभनी अग्रमोर्चामा खटिरहेकाहरूलाई बेलायतमा रहेका नेपालीहरूले पनि भिन्न तरिकाले सम्झेका छन् । महामारीले आक्रान्त भइरहेको मुलुकका बासिन्दाहरूलाई प्रेरित गर्न नेपाली युवाहरूले मौलिक सँस्कृतिलाई अग्रमोर्चाकर्मीहरूको हौसलामा प्रयोग गरेका छन् ।

संयुक्त अधिराज्य(यूके)मा प्रत्येक साताको बिहीबार साँझ ८ बजे साप्ताहिक रूपमा आमा मानिसहरू घरबाहिर या कार्य क्षेत्रमा उभिएर राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) तथा अग्रभागमा रहेर काम गरिरहेकाहरूको सम्मानमा केही मिनेट ताली बजाउने गर्दछन् । कसै कसैले भने थाल ठटाउने, गीत गाउने या बाजा बजाउने पनि गरेका छन् । एनएचएसमा मात्रै करिब १३ लाख बढी स्वास्थ्यकर्मीहरू काम गरिरहेका छन् । यसका अलावा सुरक्षा, सरसफाई, सूचना तथा सञ्चार, खाद्य लगायतका क्षेत्रमा लाखौँ बढी मानिसहरूले जोखिम मोलेर काम गरिरहेका छन् । यसै सिलसिलामा भने पाचौँ हप्ताको सन्दर्भ पारेर बेलायतमा रहेका नेपाली युवाहरूले आदिवासी याक्थुङ(लिम्बु) समुदायमा लोकप्रिय परम्परागत बाजा च्याब्रुङ(के) बजाएर सम्मान व्यक्त गरेका छन् । लिम्बु जातिको बाक्लो बसोबास रहेको केन्टको आसफोर्डमा ती युवाहरूले साँझ ८ बजे लगत्तै घरबाहिर निस्केर च्याब्रुङ बजाएको किरात याक्थुङ चुम्लुङ आसफोर्डका अध्यक्ष टङ्क येङ्देनले बताए । ‘हाम्रो सँस्कृति एवम् संस्कारहरू आफूमा मात्रै सीमित नराखी विभिन्न उद्देश्यका लागि विभिन्न अवसरमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश युवाहरूले दिएका छन्,’ अध्यक्ष येङदेनले भने । चुम्लुङ आसफोर्डको केलाङ समूहमा आबद्ध युवाहरूको च्याब्रुङ घन्किँदा स्थानीय समुदायहरू पनि प्रसन्न देखिन्थे । ‘सधैँ ताली बजाएर हौसला प्रदान गथ्र्यौ । यसपटक भने भिन्न अनुभव गराउन च्याब्रुङ बजाउँदा स्थानीय छिमेकीहरू रमाएका थिए,’ केलाङ समूहका अगुवा युवा गोकुल लिवाङले भने, ‘स्थानीय मूलका मान्छेहरूले मौलिक लोक बाजालाई चाख दिएर हेर्ने र सुन्ने काम गरे ।’ अर्का युवा पृथिहाङ येङदेनले महामारीविरूद्धको लडाइँमा सँस्कृतिलाई जोड्न पाउँदा गर्व लागेको सुनाए ।

बिहीबारको सार्वजनिक कार्यक्रममा च्याब्रुङ बाजासँगै प्लेकार्डमा सिरिजङ्गा लिपि र याक्थुङ भाषामार्फत् अग्रमोर्चाकर्मीहरूलाई धन्यवाद समेत दिइएको संयोजक अमित थेवे जानकारी दिए । उनले पछिल्लो समय महामारीको कारण देखा पर्न सक्ने सम्भावित सामाजिक समस्यालाई कम गर्न पनि आफूले सँस्कृतिमार्फत् सद्भाव र भावनात्मक एकताको सन्देश दिन खोजेको प्रष्ट पारे । जनवरीमा यूकेमा महामारी देखिएयता खासगरी एसियन मूलका अल्पसंख्यकहरूले केही असहजताको अनुभव पनि गरेका छन् । केही ठाउँमा छिटपुट रूपमा अवाञ्छित घटना पनि घटेका थिए । चुम्लुङ लगायत सामाजिक संस्थाहरूले च्याब्रुङलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सङ्कटका बेला सँगसँगै उभिएको सन्द्ेश दिन सक्नुपर्ने व्यवसायी जितेन्द्र चेम्जोङले सुझाए । लकडाउनकै अवस्थामा रहेको यूकेमा अप्रिल मसान्तसम्म कोरोनाका कारण १,७१,२५३ संक्रमित भई २६,७७१ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य बेलायतले जनाएको छ । झण्डै पौने सात करोड आवादी रहेको यूकेमा हालसम्म यस महामारीका कारण चार दर्जन बढी नेपालीको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर