साइनो समाचारदाता
इटहरी । १३१ औ अन्तरास्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा संघीय लिम्बुवान मंचले शुभकामना दिएको छ ।
विश्वका मजुदरहरुले पुजीपति ,सामन्तीहरुसंग बलिदानी पूर्ण लडाई गरेर आफ्नो हकअधिकार स्थापना गरेको गौरवशाली दिनको रुपमा स्मरण गर्दै मे दिवस ‘’ को उपलक्ष्यमा लिम्बुवान, समग्र नेपाल र विश्वको मजदुरहरुमा हार्दिक शुभकामना व्यक्त गरेको हो । पुजी, लोकतन्त्र ,मार्क्स को नारा लगाएर सत्तामा पुग्ने अनि सरकारी उद्योगहरु कौडीको भाउमा निजि र व्यक्तिलाई बेच्ने , रेमिटेन्सबाट जम्मा भएको राजस्व कर्मचारीतन्त्रलाइ तलब खुवाएर सिध्याउने, भ्रस्टाचार गर्ने, असन्तुलित रुपमा सामाजिक सुरक्षाको नाममा खर्च गर्ने अनि एउटा पनि रास्ट्रिय वा अन्तरास्ट्रिय स्तरको उधोग स्थापना हुने बाताबरण नबनाउने कांग्रेस र कम्युनिस्टहरु नै मे दिवसको दिन मजदुरको मुक्तिदाता को रुपमा चिनाउन खोज्ने र मजदुरहरु पनि तिनै मजदुर माराहरुबाट सिर्जना गरिएको संगठनहरुको जालोमा अलमलिने बर्तमान अवस्थाबाट मजदुरहरु मुक्त हुनै पर्ने जारी सन्देशमा लेखिएको छ ।
यस्तो छ, सन्देश
मिति -२०७७ /०१ /१९
१३१ औ अन्तरास्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा संघीय लिम्बुवान मंचको शुभकामना
आज मे १ तारिख ,१३१ औ अन्तरास्ट्रिय श्रमिक दिवसको ऐतिहासिक दिन हो | विश्वका मजुदरहरुले पुजीपति ,सामन्तीहरु संग बलिदानी पूर्ण लडाई गरेर आफ्नो हकअधिकार स्थापना गरेको गौरवशाली दिन हो | यस ‘’ मे दिवस ‘’ को उपलक्ष्यमा लिम्बुवान ,समग्र नेपाल र विश्वको मजदुरहरुमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय लिम्बुवान मंच ,नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ | आजको दिनमा नेपालका मजदुरहरुले गम्भीर भएर बैचारिक रुपले सोच्नु पर्ने दिन पनि आएको छ – पुजी ,लोकतन्त्र ,मार्क्स को नारा लगाएर सत्तामा पुग्ने अनि सरकारी उद्योगहरु कौडीको भाउमा निजि /व्यक्तिलाई बेच्ने , रेमिटेन्सबाट जम्मा भएको राजस्व कर्मचारीतन्त्रलाइ तलब खुवाएर सिध्याउने ,भ्रस्टाचार गर्ने ,असन्तुलित रुपमा सामाजिक सुरक्षाको नाममा खर्च गर्ने अनि एउटा पनि रास्ट्रिय वा अन्तरास्ट्रिय स्तरको उधोग स्थापना हुने बाताबरण नबनाउने कांग्रेस र कम्युनिस्टहरु नै मे दिवसको दिन मजदुरको मुक्तिदाता को रुपमा चिनाउन खोज्ने र मजदुरहरु पनि तिनै मजदुर माराहरुबाट सिर्जना गरिएको संगठनहरुको जालोमा अलमलिने बर्तमान अवस्थाबाट मजदुरहरु मुक्त हुनै पर्दछ |
अन्तरास्ट्रिय स्तरको उद्योगहरु नेपालमा स्थापाना हुन् सकोस ,तब यहाको श्रमिक शक्तिले रोजगारी र मजदुरको हकअधिकारहरु पाउछन | नेपालमा उद्योगहरु स्थापना गर्न यहाका नेपाली उपभोक्ताहरुमा हामी नेपालमा बनेकै सामान उपभोग गर्छौ भन्ने रास्ट्रबाद आउनु पर्छ | त्यो रास्ट्रबाद जन्माउनुको लागि २५० बर्ष देखि राज्यले थिचिएका समुदायहरुलाई रास्ट्रमा बिकसित गराउनु पर्छ | र ,ति समुदायहरु रास्ट्रमा बिकसित हुनको लागि पहिचान सहितको लिम्बुवान लगायत १० +१ प्रान्तको स्थापना हुनुपर्दछ | सम्पूर्ण मजदुर समुदायले मे दिवस मनाइरहेको बेला यस प्रेस बिज्ञप्तिमा उल्लेखित गम्भिर सैदान्तिक सवालहरुलाई पनि मनन गर्नुहोला | नेपालको सन्दर्भमा सह –अस्तित्वबाद ,संघीय सामुदायिक समाजबाद ,संघीय इको –इकोनोमी दर्शन सिद्दान्तले मात्र आमुल औधोगिक क्रान्ति ल्याउछ र मजदुरहरुलाई पनि अन्तरास्ट्रिय स्तरको सुबिधा प्राप्त गर्ने अवस्था आउछ भनेर यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय लिम्बुवान मंच ,नेपालले निरन्तर बहस अघि बढाएको छ | जय मे दिवस ,जय लिम्बुवान ,जय १० +१ प्रान्त |