राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको पद रिक्त कसरी हुन्छ ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको पद रिक्त कसरी हुन्छ ?

फिपराज बेघा

पथरी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्व र वहालवाला प्रधानमन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री फेरबदलको चर्चा सुरु गरेका छन् । पछिल्लो दुई अध्यादेशले नेताहरुमा सामाजिक दुरी बढाएपछि प्याकेजमा सहमति खोज्न सो पदहरुमा वार्गिनिङको लागि कुरा उठेको हो । मूख्य पदहरु मानिने ती पदहरुमा संविधानले के व्यवस्था गरेको छ ?

विषय प्रवेश गरौं राष्ट्रिपतिबाट । नेपालको राष्ट्राध्यक्ष मानिने राष्ट्रपतिको संविधान र संघीय कानुन बमोजिम कार्य, सम्पादन गर्ने र संविधानको पालन र संरक्षण गर्न कर्तव्य हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ८ गते जारी अध्यादेश र चारदिन पछि सो अध्यादेशको खारेजीलाई लिएर टिकाटिप्पणी भयो । संविधानको भाग ६ को धारा ६५ उपधारा १ मा निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, निज विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताब पारित भएमा, पदावधि समाप्त भएमा र निजको मृत्यु भएमा राष्ट्रपतिको पद रिक्त हुने उल्लेख छ । धारा ६१ देखि ६६ सम्म राष्ट्रपतिको वारेमा संविधानमा लेखिएको छ ।

नेपालको संविधान २०७२ को भाग ७ मा संघीय कार्यपालिकाको बारेमा सुझाइएको छ । धारा ७४ मा संघीय स्वरुप, धारा ७५ मा कार्यकारिणी अधिकार, धारा ७६ मा मन्त्रिपरिषद्को गठनहुदै धारा ८२ मा नेपाल सरकारको कार्य सञ्चालन बारेमा समेटिएको छ । नेपालको कार्यकारिणी अधिकार हुने मन्त्रिपरिषद्को मेहेको रुपमा प्रधानमन्त्री रहन्छ । धारा ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था बुदागत रुपमा भनिएको छ । निजले राष्ट्रपति समझ लिखित राजीनामा दिएमा, धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताब पारित भएमा, निज प्रतिनिधि सभाको सदस्य नरहेमा, मृत्य भएमा प्रधानमन्त्रीको पद रिक्त हुने व्यवस्था छ ।

संविधानले भनेको अर्को मुख्य पद हो, मुख्यमन्त्री । प्रदेशको कार्यकारिणी कार्य प्रदेश सरकारको नाममा निहित हुन्छ । संविधानको धारा १६९ मा मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाको बारेमा बताइएको छ । सो को उपधारा १ मा निजले प्रदेश प्रमुख समझ लिखित राजीनामा दिएमा, धारा १८८ बमोजिम विश्वासको प्रस्ताप हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रदेश सभाको सदस्य नरहेमा, निजको मृत्यु भएमा मुख्यमन्त्रीको पद रिक्त हुन्छ ।

चर्चा गरिएको ती तीन मुख्य पदहरुमा रिक्त हुने अवस्था नेतृत्वहरुले वातावरण सिर्जना गर्ला ? त्यो राजनीतिक घट्ना क्रमले देखाउला ।

सम्बन्धित खवर