युद्धकालको बमले लियो गोठाला गएका चार बालबालिकाको ज्यान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

युद्धकालको बमले लियो गोठाला गएका चार बालबालिकाको ज्यान

रोल्पा । गोठाला गएका चार बालबालिकाको रोल्पामा बम विस्फोटमा परेर मृत्यु भएको छ । उनिहरु सबै त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका हुन् । बिहीबार साँझ बम विस्फोटमा मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन् ।

गाउँनजिकैको जंगलमा गोठाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् । बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ।

मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ । नेपाली सेनाको डिस्पोजल टोली आज मात्रै घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ । तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो ।

सम्बन्धित खवर