प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगर्ने सांसदहरुलाई धम्की - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगर्ने सांसदहरुलाई धम्की

साइनो  समाचारदाता काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई धम्की आएको खुलेको छ ।  अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याएको खुलासा भएको हो ।

शुक्रबार मात्रै राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको आफूलाई भित्रिया बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् ।  गौरीले ‘प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् । तर भट्टले यसो भन्नेबित्तिकै ओलीले ‘तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस, तुरुन्त बालुवाटार आएर हस्ताक्षर गर्नुस’ ओलीको धम्की उदृत गर्दै स्रोतले भन्यो, ‘नेपालमा जे पनि हुनसक्छ,तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ।’

भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । उनी शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको थियो ।  लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए । यसविषयमा भट्टलाई सम्पर्क गर्दा आफूलाई बालुवाटारबाट बोलाइएको बताउँदै थप कुरा पछि खुल्दै जाने बताइन् ।

यता गौरीले भने सरकार अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको दावी गरिन् । उनले अनुरोधलाई धम्की भन्दै भट्टले नै अनावश्यक अफबाह फैलाएको समेत आरोप लगाइन् । उनले भनिन्, ‘तपाईँ सांसद हो, उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नु तपाईँको दायित्व हो । मैले यति भनेकै हो ।’नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्न चर्को दवाव परेको छ । पार्टी्भित्र कुनै छलफल नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । ओलीले विवाद थामथुम पार्न विवादास्पद अध्यादेश फिर्ता लिएपनि राजीनामा विषय भने साम्य भएको छ ।

यस्तो अवस्थामा ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन् । प्रतिनिधिसभाको संसदीय दलमा आफ्नो बहुमत देखाउन ओली कम्मर कसेर लागेको अवस्थामा राष्ट्रिय सभाका सांसद समेतलाई किन हस्ताक्षर गर्न दवावसहित धम्की दिइयो त्यो रहस्यको विषय बनेको छ । दुई दिनअघिमात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।

रातोपाटीबाट

सम्बन्धित खवर