पथरी
नोबेल कोराना भाइरस (कोभिड–१९) कोमहामारीका कारण गरिएको लकडाउनका कारण पथरीशनिश्चरेमा रोकिएको नियमित खोप सेवा शनिवार वाट सुरु गरिने भएको छ ।
नगरभित्रका १५ वटा खोप केन्द्रमा नियमित खोप सेवा सुरु गरिन लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।
बालबालिकाका लागि अत्यावश्यक खो प दिन लागिएको हो । ठीक समयमा लगाउनु पर्ने खोप सेवा नपाउँदा बालबालिकाका अभिभावक चिन्तित बन्न थाले का थिए । आचार्यका अनुसार स्वास्थ्यकर्मीले सामाजिक दुरी कायम गरि खोप सेवा दिने छन् । नगरका १५ वटै खोप केन्द्रमा सामाजिक दुरी कायम गराउन जनप्रतिनिधी र महिला स्वास्थ्य स्वयम् सेवीकालाई सहकार्यका लागी खटाउन लागीएको हो । बालबालिकालाई दादुरा, बीसीजी, डीपीटी हेपाटाइटिस पीसीभी,जेई खोप र पोलिया थोपा खुवाइदै आएको छ ।
















