पथरी
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका दैनिक ज्याला मजदुरको राहतका लागि कामना सेवा विकास बैंक पथरी शाखाले ५ सय ५० किलोग्राम चामल उपलब्ध गराएको छ ।
शुक्रवार वैकका शाखा प्रमुख वीरेन्द्र भण्डारी सहितको कर्मचारी टोलीले नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, समितिका सदस्य दीपक वस्नेत सहितलाई सो राहत हस्तान्तरण गरेको हो ।
















