साइनो समाचारदाता
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सञ्चार गृहका लागि विशेष प्याकेज ल्याउनुपर्ने माग गरेको छ ।
अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बिहिबार बसेको संघीय समितिको भर्चुअल बैठकले यस्तो माग गरेको हो ।कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन समयावधि लम्बिँदा सन्चार गृहहरु मारमा परेको भन्दै फोनिजले त्यसबाट सन्चारकर्मी पनि पीडित भएको ठहर गरेको छ । बैठकपछि फोनिज संगठन सचिव मिलन लिम्बूबाट जारी विग्यप्तीमा कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई माग गर्दै फोनिजले वर्तमान संकटलाई देखाएर कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती नगर्न आग्रह समेत गरेको हो ।सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गर्दै उसले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई सचेत समेत गराएको हो ।

















