जीवन विकासले हजार केजी चामल दियो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

जीवन विकासले हजार केजी चामल दियो

साइनो समाचारदाता

पथरी । जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ । संस्थाकी कर्मचारी गीता खत्री सहितले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन तथा वितरण समिति संयोजक एवम् उपप्रमुख यमुना विष्ट वास्तोला सहितलाई सो राहत हस्तान्तरण गरेका थिए । त्यसैगरी, वडा नम्वर ६ हसन्दहका युवा दिनेश कार्कीले नगरपालिका कार्यालयमा आई नगर प्रमुख राईलाई राहतका लागि ५ हजार नगद हस्तान्तरण गरे ।

यसैबीच, नगरको अनुगमन् समितिले कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण अनुगमन् गर्न बाँकी रहेका योजनाहरुको आज अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको स्वास्थ्य सतर्कता सहित भौतिक दुरी कायम गरिएको टोलीले आज वडा नम्वर ७ स्थित स्वामी चोक पूर्व शंकर राईको घर नजिकको बक्स कल्भर्टको अनुगमन् गरेको छ । ५ लाख रुपैयाँको सो योजनामा यसअघिको समितिको सुझाव अनुसार निर्माणको काम केही थप गरेपछि समितिले अनुगमन् गरेको हो । समितिले निर्माणाधिन अवस्थामा रहेको वडा नम्वर ८ को दोहोलु शुक्रबारे क्षेत्रमा कालोपत्रेका लागि बेस निर्माण भइरहेको योजनाको पनि अनुगमन् गर्दै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न सुझाव दिएको छ ।

सम्बन्धित खवर