साइनो समाचारदाता
विराटनगर । समाजिक दुरी कायम गर्दै अगामी बजेट अधिबेशन चाँडो सञ्चालन गर्नुपर्ने नेपाली काँग्रेसले बताएको छ ।
आज बसेको नेपाली काँग्रेस एक नम्बर प्रदेश संसदीय दलको बैठकले सो माग गरेको हो । ले आरडीटी विश्वसनिय नभएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउन माग गरेको छ । बैठकले प्रदेश १ मा कोरोना संक्रमितहरु बढदै गएकोले पीसीआर प्रबिधिबाट विश्वसनीय परीक्षण गर्न माग पनि गरेको छ । संसदीय दलका नेता राजिव कोइरालाले उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा मात्र २८ जना संक्रमित देखिएकाले उदयपुरमै कोरोना उपचार केन्द्र स्थापना गर्न पनि माग गरेका छन । काँग्रेस संसदी दलका प्रमुख सचेतक केदार काकर्मील एकद्धार नीतिबाट राहत वितरण गराउन सरकारसँग आग्रह गरेका छन ।
















