ओली सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायोः कांग्रेस - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ओली सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायोः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएको छ।

सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको आरोप कांग्रेको छ। सरकारले कोरोना महामारीको जोखिम र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापनमा जुट्न नसकेको पनि कांग्रेसको भनाइ छ। ‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ,’ कांग्रेसको बुधबार राति सकिएको केन्द्रीय समिति बैठकले भनेको छ। यस्तै सरकारले जनताको अभिमतको पनि उपेक्षा र अपमान गरेको कांग्रेसको भनाइ छ। ‘सरकारका क्रियाकलापले जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ। तसर्थ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ।’

एकपछि अर्को गरी भ्रष्टाचारका कार्य भइरहेको भन्दै कांग्रेसले मेडिकल सामाग्री खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ। ‘पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन्,’ कांग्रेसको निर्णयमा उल्लेख छ।

सेतोपाटी

सम्बन्धित खवर