शियार आदिवासीको लकडाउन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शियार आदिवासीको लकडाउन

डोल्मा शेर्पा (सिन्धुपाल्चोक)

कोरोना भाइरस कोभिड–१९को विश्वव्यापी सन्त्रास फैलिरहेको बेला गोरखा जिल्लाको चुमउपत्यका भने शाान्त र सुरक्षित रहेको छ । गणेश हिमाल पारी भनेर चिनिइने चुम उपत्यका नेपालकै दुर्गम क्षेत्र हो, र यस उपत्यका चिनको स्वशासित क्षेत्र तिव्वतसंग जोडिएको छ ।

अति सीमान्तकृत लोपोन्मूख शियार आदिवासीको मूख्य आदिभूमि मानिएको चुम उपत्यकामा स्थानीय सरकारले प्रथाजनित परम्परागतसंस्थाको सहयोगमा बाह्य आवागमनलाई निषेध गरे पछि चुम उपत्यकामा कोरोना संंक्रमणको संभावना सुन्यमा बदलिएको हो ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार स्थानीय जातीय र धार्मिक संस्थाको सहकार्यमा गुम्बा, आर्वुङ र चर्चहरुमा कुनै पनि गतिविधि नगरिने सहमति भएको छ । ‘यस अघि पर्यटकको घुँईचो लाग्ने चुम उपत्यकामा अहिले बाहिरका मानिस कोही पनि छैनन् ।’ अध्यक्ष गुरुङले भन्नु भयो –‘सम्पूर्ण गाउँपालिकाका बासिन्दाहरु खुशीका साथ परम्परागत पेशा र व्यबसाय गरिरहेका छन् ।’

‘परम्पराले चुमनुब्रीलाई बचाउन ठूलो सहयोग गरेको छ ।’ शियार आदिवासीको एक मात्र जातीय संस्था शियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भन्नु भयो, –‘चुम उपत्यकाको शान्ति तथा हिंसा निषेधको घोषणा परम्परा र संस्कृतिबाट भएको हो । यसलाई लकडाउनमा पनि निरन्तरता दिइएको छ ।’

यस क्षेत्रमा प्राणी हत्यालाई निषेध गरिएको छ । सन १९२० मा यहाँका प्रशिद्ध गुम्बा राजेन र म्हु गुम्बाका गुरु रिम्पार्छे गेसे सेरव दोर्जेको आज्ञामा प्राणी हत्या तथा काटमार निषेध भएको थियो । कसैले काटमार गरेमा जरिमाना गरिने परम्परा छ । यसैले चुम उपत्यकालाई शाकाहारी उपत्यका पनि भन्ने गरिन्छ । यो नियमलाई आज पर्यन्त समुदायले पालना गरेका छन् ।

चुम उपत्यका जैविक विविधताको खुला संग्रहालय हो । यहाँका जंगली जनावरहरु पारिवारिक जनावर जस्तै छन् । हिंसा र काटमार बन्द भए पछि जंगली जनावरहरु पनि मानिससंग डराउँदैनन् । शियार समाजका अध्यक्ष लामाले टेलिफोनमा भन्नु भयो, ‘बोद्धमार्गीहरुको बाहुल्य रहेको यस उपत्यका र सिंगो गउँपालिकाले बिश्वलाई शान्तिको सन्देश दिएको छ । अब यस्तो सन्देश बुद्धको जन्मस्थल लुम्बिनीमा पनि हुन जरुरी छ ।’

चुमनुब्री गाउँपालिकामा तत्कालको लागि कुनै राहत सामाग्रीको आवश्यकता नदेखिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो । पालिका भित्र गरीब तथा विपन्न समुदाय त छन्, तर कोरोना भाइरसको संक्रमणका कारण हातमूख जोर्न कसैलाई समस्या परेको सूचना छैन । स्थानीय तहमा रहेका स्वास्थ्य उपचौकी तथा परम्परागत चिकित्सा पद्धत्ति सोरिग्पाका लागि आम्चीहरु सक्रिय रहेको बताउँदै गम्भीर प्रकारको स्वास्थ्य समस्या आएमा स्थानीय तहले बिशेष व्यबस्था गर्ने पनि बताउनु भयो ।

चुम उपत्यकमा घ्याप्रो प्रथा कायम रहेको र कृषिमा यही परम्पराको आदेश चल्ने परम्परा रहेको चुम उपत्यकाको अध्ययन गरिरहनु भएका दावा लामाको भनाई रहेको छ । यो परम्परा शियार जातिको हो । शियारहरु आफूलाई चुम्बा जातिका रुपमा परिचय दिन रुचाउँछन् । नेपाल सरकारले सूचिकरण गरेको ५९ आदिवासी जनजातिमा शियार पनि एक हो ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

सम्बन्धित खवर