दमक
आगलागी बाट भुटानी शरणार्थी शिविरमा ४ घर जलरे नष्ट भएका छन् । झापाको दमक ३ स्थित बेलडागी शिबिर बि थ्री छाप्रो नम्बर २६०मा आगलागी भएको हो ।

आगलागी बाट १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान टिकाराम चापागाँईको घरबाट आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई, रुप नारायाण दुलाल र हर्क बाहदुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो आगलागी प्रहरी, स्थानीयवासी र दमकल दमेतको सहयोगमा राती साँढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
















