वुटवल
प्रदेश ५ मन्त्रिपरिषदको वुधवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा वसेको वैठकले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि —२०७७ स्विकृत गरेको छ । त्यसै गरि प्रदेश ५ का बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने भएको छ । यसै गरि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एंव पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।।
















