साइनो समाचारदाता
काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय ६७ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ३ जना कोरोना संक्रमित थपिएसगै संक्रमितको संख्या ५७ पुगेको छ । बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको उनीहरुको नारायणी अस्पतालमा उपचाररत छन् । संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ वटा आरडिटी परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण भएका छन् । अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।
विश्वभरीमा २८ लाख ८३ हजार ६ सय ३ जना संक्रमित रहेको १ लाख ९८ हजार ८ सय ४२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















