साइनो समाचारदाता
विराटनगर । प्रदेश नम्बर १ मा ६ हजार ४ सय ५ जना क्वारेन्टाइनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
२ हजार २ सय ५८ जना क्वारेन्टाइन र ४ हजार १ सय ४७ जना होम क्वारेन्टाइनमा रहेको छ । ३९ जना आइशोलेसनमा रहेको छन् । आजसम्म आईसीयुमा बसेको छैन । ५६ जना पुरुष र ९ महिला डिस्चार्ज भएको कोरोना सूचना डेस्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिब भरतमणि रिजाले जनाए ।
३ सय ३ स्थानमा रहेको क्वारेन्टाइनमा ५ हजार ६ सय २ बेड संख्या रहेको, ५३ स्थान रहेको आइसोलेशनमा ४ सय ४९ बेड संख्या रहेको, ४ स्थानमा रहेको आइसीयुमा ४४ बेड संख्या रहेको छ । पीसीआर नमुना संकलन तथा परीक्षणबाट १ हजार ८५ परीक्षणको लागि पठाइएको, ३१ जनामा कोरोना पोजेटिभ देखिएको, ९ सय ३० जनामा नेगेटिभ देखिएको छ । आरडीटीबाट बैशाख १७ गतेसम्म ४ हजार ९ सय ८५ परीक्षणको लागि पठाइएको, १३ जनामा पोजेटिभ देखिएको र ४ हजार ९ सय ७२ जनामा नेगेटिभ देखिएको छ ।
प्रदेश १ को कोरोनाको पूर्ण रिपोट हेर्नुहोस्

















