इटहरी तीन घण्टा खुल्ला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

इटहरी तीन घण्टा खुल्ला

नवीन गुरुङ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले आज बैशाख १७ गते बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक खाद्यन्न, तरकारी र फलफुलका पसल खुल्ला गरेपछि नगरवासीले राहत महसुष गरेका छन् ।

यसअघि, बैशाख १० र ११ गते नगर खोले पनि अत्याधिक भिडभाड र सामाजिक दुरी कायम नभएपछि तर्सिएका प्रशासनले बैशाख १२ गते शुक्रबारबाट औषधि बाहेकका सबै पसलहरु बन्द गर्न पुनः सूचना जारी गरेको थियो । आज भने अत्यन्तै कडाई र उच्च सर्तकका साथ पसलहरु खोलिएका थिए । कोभिड १९, कोरोना भाईरसको संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सरकारले गरेको लक डाउनमा नगरवासीको सहजताका लागि स्थानीय सरकार र प्रशासनले निश्चित समय तोकेर अत्यावश्यक खाद्यन्न सामाग्रीका लागि पसल खोल्ने दिएको अनुमति प्रति उद्योग वाणिज्य संघ, तरहरा शाखाका कार्यवहाक अध्यक्ष सुर्दशन खड्काले सकारात्मक प्रतिक्रिया दिदै संकटको समयमा कालोबजारी नगर्न तथा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सर्तकता अनिवार्य अपनाउन आग्रह गरेका छन् ।

मंगलबार साँझ मोबाईल सम्पर्कमा खड्काले खाद्यन्न बिक्री गर्ने पसल व्यवसायीहरुले आफ्ना पसलमा उपलब्ध सामाग्री र त्यसको रेट (दर) स्पष्ट देखिने गरि राख्न अनुरोध गरेका छन् । उनले अहिले व्यवसायिक मुनाफाका लागि भन्दा पनि बढी सेवाभावले व्यवसाय गर्न उचित हुने धारणा व्यक्त गरे ।  कालोबजारी गरे वा व्यवसायीहरुले यो संकटको बेला कुनै किसिमको अनुचित फाईदा लिने काम गरे हामी कारबाही गछौं ।, बुधबार बिहानदेखि प्रहरीसँगै अनुगमनमा देखिएका खड्काले भने, ग्राहक वर्गले पनि स्वविवेकले आफ्नो स्वास्थ्य सुरक्षामा ख्याल गर्न र सामाजिक दुरी कायम गरेर आफुलाई अत्यवाश्यक सामाग्री किन्न मात्र पसलमा जान आग्रह गर्दछु । इटहरीका मुख्य पसलहरुमा यसअघिका भन्दा उच्च सर्तकता अपनाएको देखिन्थ्यो । प्रहरी पनि बिहानदेखि नै परिचालित छन् । १० बजेपछि सबै खाद्यन्न, तरकारी तथा फलफूल पसलहरु बन्द गरिएका थिए ।

इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले संक्रमण जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाएर, भिडभाड हुनु नदिएर, सामाजिक दुरी कायम गर्दै किनबेच गर्नका लागि अनुमति प्रदान गरेसँगै जनताले राहत महशुष गरेको र यसलाई थप प्रभावकारी बनाउदै अब विकास निमार्णको कार्यमा पनि नगरले उचित निर्णय लिने बताए ।
उपमहानगरपालिकाको बैठकमा वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको बैठकले बिहान ७ देखि १० बजेसम्म, जम्मा तीन घण्टा पसलहरु खुल्ला गर्ने निर्णय गरेको थियो । एक परिवारबाट एक सदस्य खरिदका लागि जान पाउने, सवारी साधनको प्रयोग गर्न नपाउने र तोकिएको समयमा खरिद विक्री गर्दा अनिवार्य मास्क लगाएर सामाजिक दुरी कायम गर्नु पर्ने नियम छ । जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले निरन्तर अनुगमन गर्ने, जनाईएको छ ।

सम्बन्धित खवर