साइनो समाचारदाता
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज थप तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।
बाराका दुई जना र वीरगञ्जका एक जनामा संक्रमित देखिएको हो । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।
















