साइनो समाचारदाता
विराटनगर । अहिलेसम्म प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको हो । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना र क्वारेन्टाइनमा बस्नेको संख्या २ हजार १ सय ४० जना पुगेको छ । ती मध्ये क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष छन् । ७ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ को कोरोनाको पूर्ण रिपोट हेर्नुहोस

















