साइनो समाचारदाता
पथरी । सुनसरीको धरान उपमहानगरपालिका १८ दुर्गा चोकमा को ३४ प १०३९ नम्बर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धरान १ का २४ वर्षीय विशाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ मा भएको ट्याक्टर दुर्घटना भएको छ । खाद्यान्न लिएर खादिम्बेतर्फ गइरहेको प्रदेश १–०१–००१ त ८२४८ नम्बर ट्याक्टर सडकभन्दा करिब सय मिटर तल खस्दा चालकको मृत्यु भएको हो । पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ वर्षीय निर्मल लामिछानेको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
















