साइनो समाचारदाता
धरान । राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यमितिले बैशाख १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १० प्रति पीपीई प्रदान गरेको छ ।

पार्टी सघीय परिषद् सचिव बिष्णु थाम्देनद्वारा एक कार्यक्रम बिच प्रतिष्ठानका उपकुलपति ज्ञानेद्र गिरीलाई प्रदान गरेका हुन् । कार्यक्रममा पार्टी धरान नगर अध्यक्ष चित्र मगर हाङ, धरान नगर सल्लाहकारहरु डा. किशोर गुरुङ एवम किशोर खडकी र पार्टीको भातृ सगठन जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई इना को सहभागिता रहेको थियो । राजमुपा सघीय परिषद्को कोरोना विपद्व, उद्वार तथा राहत कोष मार्फत प्राप्त सामाग्री आज हस्तान्तरण गरिएको हो ।
















