लकडाउनका कारण अलपत्र नगरबासीलाई घर ल्याउने ५ युवा को हुन ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

लकडाउनका कारण अलपत्र नगरबासीलाई घर ल्याउने ५ युवा को हुन ?

पथरी । लकडाउनको कारण लामो समयदेखि विचल्लीमा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका २४२ जनालाई घर ल्याईएको छ । पथरीशनिश्चरेका वडा नं. १० का वडाध्यक्ष सागर राईको नेतृत्वमा वडाका ५ युवाले नगरमा उलेखनिय कार्य गरेका छन । वडाका सामाजिक अभियान्ता भुपेन रणपहेली, भुवन थापा, सुमन कुरुङवाङ र संजय राईले वडाका वडाबासी समस्यामा रहेको र उनिहरुको उद्धार गर्नु हाम्रो दाईत्व हो भन्दै वडाध्यक्ष संग प्रस्ताव राखेका थिए ।

युवाहरुले ल्याएको सल्लाहालाई आफ्नो जिम्मेवारी ठानी उद्धार गर्न हिडेका ५ युवाले नगरका २४२ जनालाई लकडाउनको समयमा सकुसल घर ल्याई पुर्याएका छन । वडा नं. १० का वडावासीलाई लिन काठमाडौ पुगेका वडाध्यक्ष राईको टोलिलाई काठमाडौमा नगरबासीले घर लगिदिन अनुरोध गरे पछि युवाहरुको मन थामिएन । वडाध्यक्षले नगरसंग समन्वयन गरि नगरवासीको पिडा सुनाए पछि नगरको पहलमा ५ ओटा गाडिमा २४२ जनालाई नगरले स्वागत गरेको थियो । वडाध्यक्ष राईको टोली र २४२ जनालाई पथरीशनिश्चरे नगरले स्वास्थ परिक्षण र सामान्य नास्ताको बन्दोबस्त गर्दै आ–आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने सुझाव दिएको थियो ।

को हुन ति युवाहरु जस्ले ल्याए नगरवासीलाई

 

(१) वडाध्यक्ष सागर राई : पथरीशनिश्चरे वडा नम्बर १० बाट जनप्रिय भएका राई काङग्रेसका युवा नेता तथा वडाध्यक्ष समेत रहेका छन् । उनि सामाजिक अगुवाई गर्ने ब्यक्ति हुन । गएको चुनावमा काङग्रेसले वडा नं. १० बाट वडाध्यक्ष मात्र जिते पनि सबैको सहकार्यमा लोकप्रिय काम गर्दै आएका छन । जनताको पिरमार्कमा सदैव पहिलो साथ सहयोग गर्न पुग्ने वडाध्यक्षको कार्यको चौतर्फि प्रसंसा रहेको भै रहेको छ । जनताको एक एक भोटको कदर गर्ने बताएका राईले आफुले पाएको सेवा सुविधा जनतामै खर्च गर्ने बताउदै आएका छन ।

 

 

 

 

 

 

 

 

 

२)भुवन थापा ः सानो उमेरमै व्यवसायमा हात हालेका थापा सफल युवा व्यवसायी हुन् । पथरीशनिश्चरे १० बासिन्दा रहेका थापाले कन्ट्रक्सनको व्यवसाय सम्हाल्दै आएका छन् । पढाई संगै विकाश निमार्णका कार्यलाई आफ्नो पेशा बनाएका थापा समाजका विभिन्न संघ सस्थाको जिम्मेवार भुमिकामा रहेर काम गर्दै आएका छन । व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय रहने थापाले समाजसेवामा पनि चासो राख्ने गरेका छन् । उनको पनि सबैसँग अनुकुल ब्यवहार गर्ने बानि रहेको छ । समाजसुधारका लागि युवाहरुले चालेका अधिकांश कार्यमा उनको सहभागिता रहने गरेको छ ।

 

 

 

 

 

 

 

 

 

३)  भुपेन रणपहेली ः सामाजिक कार्यमा तन, मन र धन समेत दिएर लागिपर्ने वडा नं १० कै युवा हुन् रणपहेली । सामाजिक कार्यमा सहयोगि भुमिका निर्वाह गर्नुका साथै सबैसँग मिलनसार र सहयोगि भावना भएकै कारण स्थानिय युवाहरुमा उनि लोकप्रिय छन् । राजनैतिक आस्था काङग्रेसमा भएपनि सबैलाइ समान रुपको ब्यवहार गर्ने उनको बानि छ । वडाको विकास निर्माण कार्यमा उनको विशेष भुमिका रहने गरेको ।

 

 

 

 

 

 

 

 

 

४) सुमन कुरुङवाङ ः संचारकर्ममा पाईला टेक्दै गरेका युवा सामाजिक अभियान्ता हुन । समाजमा भएका हरेका कार्यक्रमको अग्रणि भागमा देखा परेर समाज परिवर्तन गर्ने अभियान्ता हुन कुरुङवाङ । बाल्यकाल देखि नै समाजका हकहीत, बालबालीका, र युवाहरुको अधिकार र हसभागिता खोज्ने एक निरडर ब्याक्ती कुरुङवाङको समाजमा निकै राम्रो छवि रहेको छ । पथरीशनिश्चरेका विभिन्न संघ सस्थामा रहेर सफल भुमिका निवाह गर्दै आएका कुरुङवाङले दिन दुखीको सेवा गर्नु नै मानवताको धर्म ठानेका छन ।

 

 

 

 

 

 

 

 

 

५) संजय राई ः पथरीशनिश्चरे वडा नं १० का बासिन्दा हुन् सञ्जय राई । उनी पनि ब्यापार व्यवसायमै आवद्ध छन् । समाजसुधार तथा समाजसेवाका लागि उनको पनि उत्तिकै भुमिका रहेको छ । युवाहरुका लागि उनि प्रेरणाको श्रोत हुन् । लागुपदार्थ दुर्व्यसनिमा फसेका युवाहरू सहि बाटोमा ल्याउदै विकाश निर्माणमा युवाहरुको सहभागीला गराउदै आएका राईको टिम समाज सुधामा जनचेतनाको माध्ययमबाट शिक्षा दिने काम गर्दै आएका छन् ।

सम्बन्धित खवर