साइनो समाचारदाता
झापा । जिल्लाको राजगढमा आइतबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि झापाको दमकका ६२ वर्षीय जेष्ठ नागरिकमा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको आइबार साढे ६ बजे अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

















