अमेरीकानिवासि पथरीशनिश्चरेका युवाको सहयोगमा कंचनजंघाद्धारा राहत वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अमेरीकानिवासि पथरीशनिश्चरेका युवाको सहयोगमा कंचनजंघाद्धारा राहत वितरण

साइनो समाचारदाता
पथरी । अमेरीकानिवासि पथरीशनिश्चरेका युवाहरुको अगुवाइमा पथरीशनिश्चरे वडा नं १० मा रहेको भुटानी शरणार्थी शिविरमा राहत वितरण भएको छ । हाल अमेरीकामा रहेका पथरीशनिश्चरे केही युवाहरुको अगुवाइमा संकलित रकम १ लाख ४६ हजार १ सय रुपैयाँ जिरिखिम्तीमै रहेको संस्था कंचनजंघा दैविप्रकोप व्यवस्थापन समितिमार्फत राहत वितरण गरिएको हो ।

कोरोना भाइरसका कारण विश्वनै त्रसित भइरहेका बेला यहाँका भुट्टानी शरणार्थीहरुको अवस्थाको बारेमा चासो राख्दै अमेरीकावासि विदुर निरौला, दिपेन्द्र दाहाल, डिल्लीमान बस्नेतले सहयोगका लागि रकम संकलन गरेका थिए । स्थानीय कंचनजंघा दैविप्रकोप व्यवस्थापन समितिसँग सहकार्य गरेर उनिहरुले सो रकम समितिकै नाउमा पठाएको थियो ।

समितिले सो रकमबाट खरिद गरि शिविरका करिव १ सय घरलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बाँडेको थियो । संसारभर कोरोनाले त्रास फैलाइरहँदा पनि आफ्नो ध्यान भने नेपाल र नेपालीमै जाने सहयोगिदाता दिपेन्द्र दाहालले बताए । उनी सो समितिका पूर्व उपाध्यक्ष समेत हुन् । आपतविपतमा सानो सानो अभियान चलाएर पनि हरेक नेपालीले एकअर्काको दुखमा सहयोगी भुमिका निर्वाह गर्न सकिने सहयोगि विदुर निरौलाले बताए ।

समितिले १ सय ४७ परिवारलाई राहत प्रदान गरेको थियो । राहतस्वरुप १ हजार ७ सय केजी चामल सहित दाल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गरिएको समितिका अध्यक्ष ढुंगानाले बताए । समितिले यसअघि पनि सोहि समुदायका १ सय ७ परिवारलाई पनि राहत प्रदान गरेको थियो । हालसम्म सो समुदायका २ सय ५५ परिवारलाई राहत प्रदान गरिएको समितिका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

सो अभियानका लागि समितिका कोषाध्यक्ष हरि निरौलाले सहजीकरण गरेका थिए । सहयोग संकलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका डिल्लिमान बस्नेत ले आगामी दिनहरुमा पनि नगरलाई आपत बिपत पर्दा सके सम्म सहयोग गर्ने बताएका छन् ।

सम्बन्धित खवर