साइनो समाचारदाता
पथरी । हाल सम्ममा ४९ हजार ३ सय ३६ जनाको कोरोना (कोभिड १९)को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती मध्ये ९ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको र आरडीटीबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ ।
आजसम्ममा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयको वेवसाइट अनुसार पीसीआर परीक्षण मध्ये ९ हजार ६ सय १७ जनामा संक्रमण देखिएन । ८७ जनाको आइसोलेसन उपचार भइरहेको थियो । ४९ जनामा संक्रमण देखिएको मध्ये आजसम्ममा १२ जना निको भएर घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा २६ लाख ८६ हजार ७ सय ८५ जना संक्रमित रहेको मध्ये १ लाख ८४ हजार ६ सय ८१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















