साइनो समाचारदाता
दमक । देशभरमा कोरोना संक्रमितको सख्या ४९ जना पुगेको छ ।
प्रदेश १ मा भने कोरोना संक्रमितको संख्या ३० पुगेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीको प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो पटक झापाका ६२ वर्षीय एक जेष्ठ नागरिकमा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरे । यसअघि प्रदेश १ को भोजपुरमा समेत एकजना र उदयपुरमा २८ नना कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

















