आइसोलेसन उपचार गर्नेको संख्या घट्दो र संक्रमितको संख्या यथावत
साइनो समाचारदाता
पथरी । हाल सम्ममा ९ हजार ४ सय ७ जनाको कोरोना (कोभिड १९)को पीसीआर परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आरडीटीबाट ३८ हजार ८९ जनाको परीक्षण गरिएको छ । हिजो ३४ हजार ५ सय २३ जनाको परीक्षण गरिएको थियो । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कूल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए ।
आजसम्ममा १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा बसेको हिजोसम्म १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । मन्त्रालयको वेवसाइट अनुसार पीसीआर परीक्षण मध्ये ९ हजार ३ सय ५९ जना संक्रमण देखिएन । हिजो सम्ममा ९ हजार १ सय ५२ जनामा संक्रमण देखिएन । हिजोसम्ममा ९५ जनाको आइसोलेसन उपचार भइरहेको थियो । आज सम्ममा ८९ जनाको उपचार भैइरहेको छ । छ । ४८ जनामा संक्रमण देखिएको मध्ये आज १ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १० जना संक्रमित निको भएर घर फर्किएका छन् । यसले कोरोना परीक्षको संख्या, दैनिक क्वारेन्टाइनमा बस्नेको संख्या र निको हुनेको संख्या बढ्दै गएको देखाउदछ । आइसोलेसन उपचार गर्नेको संख्या घट्दो र संक्रमितको संख्या यथावत रहेको छ ।
प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको छ । देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा संक्रमित २५ लाख ९१ हजार १५ जना रहेको मध्ये १ लाख ७८ हजार ६ सय ६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















