साइनो समाचारदाता
पथरी । हाल सम्ममा ९२ हजार जनाको कोरोना (कोभिड १९)को पीसीआर परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आरडीटीबाट ३४ हजार ५ सय २३ जनाको परीक्षण गरिएको र १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । यस अघि क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना बसेको थियो । यसले दैनिक क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको देखाउदछ । मन्त्रालयको वेवसाइट अनुसार पीसीआर परीक्षण मध्ये ९ हजार १ सय ५२ जनाको संक्रमण नदेखिएको, ९५ जनाको आइसोलेसन उपचार भइरहेको छ । ४८ जनामा संक्रमण देखिएको मध्ये ९ जना निको भएर घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा संक्रमित २५ लाख १० हजार १ सय ७३ जना रहेको मध्ये १ लाख ७२ हजार २ सय ४१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















