साइनो समाचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिकाका विभिन्न वडाका अध्यक्षले अध्ययन गर्न र अन्य कामका लागि नगरवाहिर रहेका वडावासीलाई घर फर्किन चाहे घर फर्किने फर्काउने भएका छन् ।
सरकारले १ महिना अघिदेखि गरेको लकडाउनका कारण समस्यामा परेका वडावासीलाई घर फर्किन सहज वनाउन वडा अध्यक्षहरुको पहल थालेको हो । नगरको वडा नम्वर १० का अध्यक्ष सागर राई, वडा नम्बर ६ काअध्यक्ष जयवहादुर तामाङ्ग, वडा नम्बर ८ का अध्यक्ष वावुराम दाहाल र वडा नम्बर १ का अध्यक्ष वावुराम येङ्गदेनले वडावासीमा समस्यामा परेको भन्दै आवश्यक तयारी थालेको हुन् । काठमाडौ र अन्य शहरमा अध्ययन गर्न वा अन्य प्रयोजनका लागि बाहिर रहेका वडावासीलाई सुरक्षित साथ घर फर्काउन थालिएको वडा नम्वर १० का अध्यक्ष सागर राईले जानकारी दिए । उनले भने, ‘वडावासी जो भए पनि घर फर्किन चाहे गाडीको व्यवस्था गरेका छौ ।’ वडावासीमा असहजताको अवस्था नआओस भनेर सवारी साधनको व्यवस्था गरिएको वडा नम्वर ६ का वडा अध्यक्ष जयवहादुर तामाङ्गले बताए । लकडाउन लम्विएसंगै काठमाडौ लगायतका शहरमा रहेकाहरु गाँउ फर्किन थालेका छन् ।
















