साइनो समाचारदाता
पथरी । हाल सम्ममा ९ हजार ११ जनाको कोरोना (कोभिड १९)को पीसीआर परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आरडीटीबाट ३१ हजार४ सय २० जनाको परीक्षण गरिएको र ८ हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।
मन्त्रालयको वेवसाइट अनुसार पीसीआर परीक्षण मध्ये ८ हजार ९ सय ६६ जनाको संक्रमण नदेखिएको, ९५ जनाको आइसोलेसन उपचार भइरहेको छ । ४५ जनामा संक्रमण देखिएको मध्ये ७ जना निको भएर घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा संक्रमित २४ लाख ३६ हजार ७ सय ४३ जना रहेको ६ लाख ५२ हजार १ सय ५० जना निको भएको र १ लाख ६५ हजार ३ सय १० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















