साइनो समाचारदाता
पथरी । हाल सम्ममा८ हजार ७ सय ७३ जनाको कोरोना (कोभिड १९) को परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेवसाइट अनुसार परीक्षण मध्ये ८ हजार ७ सय ३१जनाको संक्रमण नदेखिएको, १ सय ७ जनाको आइसोलेसन उपचार भइरहेको छ । ४२जनामा संक्रमण देखिएको मध्ये ४ जना निको भएर घर फकिएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा संक्रमित २३ लाख १९ हजार ६६ जना रहेको ६ लाख ५२ हजार १ सय ५० जना निको भएको र १ लाख ५७ हजार ९ सय ७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
उदयपुरमा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका ३ भुल्केका अर्का दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नै विराटनगरमा गरिएको परीक्षणमा ८ जना र काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा संक्रमण देखिएको थियो । काठमाडौंमा गरिएको परीक्षणमा थप २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीय महिला र अर्की उमेर नखुलेकी महिलामा संक्रमण देखिएको हो ।मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा ८ जना र काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै उदयपुरको भुल्के स्थित नुरी मस्जिद आसपासका बासिन्दा हुन् ।

















