साइनो समाचारदाता
पथरी । हाल सम्ममा ८ हजार ४ सय १४ जनाको कोरोना (कोभिड १९) को परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेवसाइट अनुसार परीक्षण मध्ये ८ हजार ३ सय ८३ जनाको संक्रमण नदेखिएको, १ सय ११ जनाको आइसोलेसन उपचार भइरहेको छ । ३१ जनामा संक्रमण देखिएको मध्ये ४ जना निको भएर घर फकिएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन। विश्वभरिमा संक्रमित २१ लाख २१ हजार ६ सय ७५ जना रहेको ५ लाख ७९ हजार २ सय १२ जना निको भएको र १ लाख ४२ हजार २ सय ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















