पालिकाद्धारा मस्जिदमा पनि अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पालिकाद्धारा मस्जिदमा पनि अनुगमन्

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा सोमबारअनुगमन् भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश दिँदै वडा नम्बर ५ स्थित हसन्दहमा रहेका २ वटा मस्जिदमा अनुगमन् गरिएको हो । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा, प्रहरी चौकी कुसेका सुरक्षाकर्मी, समाजसेवीहरु समेत सम्मिलित टोलीले मस्जिद अनुगमन् गर्दा मस्जिद खाली अवस्थामा भेटिएको छ ।

मस्जिदमा अन्य देशबाट मानिसहरु यसबेला नआएको तथा दैनिक नवाज पढ्ने काम रोकिएको पाइएको अनुगमन् समिति संयोजक वास्तोलाले उल्लेख गरिन् अनुगमन्का क्रममा कोरोनाको संक्रमण तथा बन्दाबन्दी (लकडाउन) नहटेसम्म स्थानीयलाई धर्मावलम्बी भेला भएर नवाज पढ्ने काम स्थगित गर्न अनुरोध गरिएको छ ।

टोलीले, वडा नम्बर ८ को सोमबारे, ४ र ८ मा पर्ने कुशलबजार, ५ र ६ को हसन्दह, ४ र ९ को शनिश्चरे चोक, १० को ऐयावारी र जिरिखिम्तीमा घरैभित्र बस्न अनुरोध गर्दै लकडाउनको कडाईका साथ पालना गर्न सम्झाइएको छ । यस क्रममा चिया पसल, होटल तथा विहान ७ देखि १० बजेबाहेक खोलिएका किराना पसललाई वन्द गराइएको छ । भिडभाड भएर तास खेल्ने, गाँजा सेवन गर्ने संस्कास्पद क्षेत्रहरुमा समेत सचेत गराइएको छ । साथै टोलीले, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले काम रोकिएर समस्यामा परेका ५ जना निर्माण मजदुरलाई राहत समेत प्रदान गरेको छ । प्रदेश सरकारको योजनाको सडक निर्माण कार्यमा खटिएका र हाल काम नहुँदा खानको समस्यामा परेका वडा नम्वर ३ को कल्याणचोक पूर्वमा छाप्रामा बसेका ती मजदुरलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नून, १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ ।

यसैबीच, १० नम्वर वडाध्यक्ष सागर राईको अगुवाईमा सो क्षेत्रमा पर्ने सामुदायिक वन उपभोक्ता समूहका अगुवा, उपभोक्ता सहितको टोलीले लकडाउनको मौका छोपी वनमा हुनसक्ने काठ तस्करी र चोरी शिकारी रोक्न आज गस्ती गरेको छ ।

सम्बन्धित खवर