नगरपालिकाले छुटपुटलाई राहत वितरण गरिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगरपालिकाले छुटपुटलाई राहत वितरण गरिने

साइनो समाचारदाता

पथरी । राहतमा केही छुट भएका दैनिक ज्याला मजदुरहरुका लागि पथरी शनिश्चरे नगरपालिकाले शुक्रबारदेखि राहत वितरण गरेको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ को निर्णय अनुसार राहत व्यवस्थापन तथा वितरण समितिमार्फत छुटपुट भएकाहरुका लागि प्रति वडा ५० घर परिवारका दरले राहत वितरण थालिएको हो ।

हिजो वडा नम्वर १, ४, ५, ६, ७, ८ र ९ नम्वर वडामा वडा कार्यालयमा एकमुष्ट राहत पुर्याइएको छ । वडा कार्यालयले मापदण्ड अनुसार छनौट गरी यस अघि छुट हुन गएकाहरुलाई राहत वितरण गर्नेछ । राहत स्वरुप यसअघिकै मापदण्ड अनुसारको चामल, दाल, खानेतेल, नून र साबुन उपलब्ध हुनेछ । समन्वय समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, नेकपाका चन्द्रकुमार राई, नेपाली कांग्रेसका दुर्गाप्रसाद भट्टराई सहित समन्वय समिति तथा राहत समितिका सदस्यहरुको सहभागितामा वडा वडामा राहत पुर्याइएको छ । आज बाँकी रहेको २, ३ र १० नम्वर वडामा राहत पुर्याइने छ ।

सम्बन्धित खवर