भारतबाट लुकिछिपी नेपाल प्रबेश गरेपछि गाँउ नै त्रसित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भारतबाट लुकिछिपी नेपाल प्रबेश गरेपछि गाँउ नै त्रसित

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ८ सोमवारेमा विहिवार ३ जना भारतीय नागरिक भेटिएसगै गाँउ त्रसित बनेको छ ।

भारतको उत्तर प्रदेशको जोतपुर जिल्ला स्थाी ठेगाना भएका अन्दाजी वर्ष ५५ का उमा शंकर यादव, भारतकै गोपाल गंज घर बताउने अन्दाजी वर्ष ४५ र ४६ की उषा ज्वाला नाम गरेकी महिलासहित ३ जना व्यक्तिहरु पथरी शनिश्चरे नगरपालिकामा विहिवार भेटिएका थिए ।
३ जनामा २ जनालाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षण गर्दा १०२ डिग्री ज्वरो देखिएको थियो । उनीहरुमा ज्वरो देखिए पछि विराटनगरमा रहेको कोशी अस्पताल विराटनगर पठाइएको नगरपलिकाका स्वास्थ्य संयोजक मुरारी आर्चायले जानकारी दिए। मोरङमा रहेका १७ स्थानीय तहहरु मध्ये भारत सग सिमाना जोडिएका विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिका रहेका छन् ।

नेपाल प्रवेश गर्नका लागि मोरङमा ठुलो नाकाको रुपमा विराटनगरमा जोगवनी नाका रहेको छ । भने सुनवर्षी नगरपालिकामा सिक्टी भन्सार र बरडङगा छोटी भन्सार गरि २ वटा साना नाका रहेका छन् । पथरीशनिश्चरेमा सुरक्षामाकडाई भएको बताई रहदा उनीहरु भने सहजै मकैबारीको प्रयोग गरि पथरी शनिश्चरे प्रबेश गरेका थिए । मकैबारीमा प्रबेश गरि आएकाहरु भारतीय नागरिक रहेको पुष्टी भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

विहिवार विहान उनीहरु सोमवारे वजारमा देखा परेपछि स्थानीयले नियन्त्रणमा लिन खोज्दा ३ जना मध्ये २ जना भाग्न सफल भएका थिए । भागेका २ जनाको खोजी गर्दा दिउसो ४ बजे ति अर्का एक व्यक्ति भेटिएका थिए । २ जना मध्ये अन्दाजी ४५÷४६ कि महिलाको मानसिक सन्तुलन पनि ठीक छैन ।अर्का एक जना हाल सम्म फेला परेको छैन्न । भारतको कटियारमा ज्याला मजदुरी गरि वस्दै आएका यादबले कोरोना संक्रमणका कारण कामकाज वन्द भएपछि घर जान भनि हिडेको बताउछन् । घर जान हिडेका उनलाई मालबहाक ट्रकमा चढाएर नेपालसग सिमाना जोडिएको सुनवर्षी नगरपालिकाको सिक्टी नाका आसपासमा छोडेको र नेपाल प्रवेश गरेको बताइन्छ । उनि जस्ता थुप्रै व्यक्तिहरुलाई सो ट्रकमा ओर्लेको उनको भनाई रहेको छ ।


सुरक्षा कमजोर भएकाले भारतीय नागरिक नेपाल प्रबेश गर्नाले नेपालमा कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको देखिन्छ । दुवै देशको सहमतिमा सिमा नाका वन्द गरिएको भारतीय नागरिकहरु नेपाल प्रबेश गरेको देखिन्छ । भारतसग सिमाना जोडिएको सुनवर्षी नगरपालिकाका मेयर काली प्रसाद दासले नाका पूर्ण रुपमा बन्द गरिएको भएपनि भारतीय नागरिकहरु खुल्ला सिमाना भएका कारण मकैबारीको बाटो प्रयोग गरि नेपाल प्रवेश गरेको हुन सक्ने जानकारी दिए । सीमा सुरक्षाका लागि सुनवर्षी नगरपालिकाले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला सम्वन्वय समिति मोरङमा करिव २ सय मिटरको दुरीमा प्रहरी चेकजाचको व्यवस्थापन गर्न अनुरोध गरेको भएपनि अहिले सम्म कुनै आधिकारिक जानकारी नआएको मेयर दासले बताए ।

सम्बन्धित खवर