मुकेश यादब विराटनगर । प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषमा १३ करोड १२ लाख जम्मा भएको छ । व्यक्ति र संघसंस्थाहरुले बुधबारसम्म सो रकम बराबरको सहयोग कोषमा प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।