नाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन

साइनो समाचारदाता

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमामा सर्तकता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आज बसेको मुख्यमन्त्री निवासमा प्रतिपक्षी दलका नेताहरु सहितको निर्देशक समितिको बैठकपछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्य क्षेत्र संग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरु, प्रतिपक्षी नेपाली काँग्रेका नेता राम सरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिव लगायत सबै मन्त्रालयका सचिवहरु, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो । मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायको पदाधिकारीहरुलाई निर्देशन दिए । उनले सुरक्षामा चाहिने आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन समेत दिए । स्वाब परीक्षणमा तीब्रता आउन नसकेको गुनासो चारै तिर बाट आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन दिने प्रतिबद्धता जनाउँदै कार्यान्वयको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको समेत बताउए ।

सम्बन्धित खवर